किर्तिमानी विराजको कप्तानीमा नेपालले भुटानसँग खेल्दै



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बंगलादेश । बंगलादेशको ढाकामा चलिरहेको साफ च्याम्पियनशिप फुटबलमा नेपालले आज भुटानसँग खेल्दैछ । खेल नेपाली अनुसार बेलुकी पौने ४ बजेपछि शुरु हुनेछ ।

यसअघि पहिलो खेलमा पाकिस्तानसँग हारेको नेपाल आज जित्नैपर्ने दबाबमा छ । अहिलेसम्म भएका १५ खेलमा नेपालले भुटानलाई हराएको छ । तुलनात्मक रुपमा कमजोर देखिएको भुटानलाई हराउने नेपाली टोलीको विश्वास छ ।

आजको खेलमा कप्तानी गर्ने विराज महर्जनले राष्ट्रिय टिमबाट सर्वाधिक खेल खेल्दैछन । उनले आजको खेलमा नेपालका तर्फबाट ६९ क्याप जित्नेछन । यसअघि राजुकाजी शाक्यले ६८ खेल खेलेका थिए ।

शाक्यकै प्रशिक्षण र बिराजकै कप्तानीमा नेपालले दुई बर्ष अघि भारतमा उसैलाई हराउदै साग गेम्सको स्वर्ण जितेको थियो । बिराजले त्यसअघि बंगलादेशमा बंगबन्धु गोल्डकप र केही समयअघि मात्रै सोलाडिरिटी कपको उपाधि पनि आफ्नै कप्तानीमा नेपाललाई जिताएका थिए ।

पछिल्लो बर्षमा सर्वाधिक सफल खेलाडीका रुपमा दरिएका बिराजले राष्ट्रिय टिमबाट सन्यास लिने पनि सोचिरहेको बताएका छन ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •