विश्वविजेताले गोल गर्न सकेन, जर्मनीले बराबरीमै रोक्यो



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । युईएफए नेशन्स लिगको पहिलो खेलमा विश्वविजेता फ्रान्स गोलरहित बराबरीमा रोकिएको छ । विश्वकपको फाइनलमा क्रोयसियालाई पराजित गरेर उपाधि जितेपछिको पहिलो पटक मैदानमा उत्रिएको फ्रान्सले जर्मनीलाई गोल हान्न सकेन ।

पुरै खेलमा ६० प्रतिशत बल पोसेसन बनाएको जर्मनीले विश्व च्याम्पियन फ्रान्स विरुद्ध आक्रामक फुटबल खेलेपनि गोल गर्न भने असफल रहयो ।

विश्वकपको समूह चरणबाट नै बाहिरीएपछि जर्मनीको टिममा धेरै खेलाडी परिवर्तन गरिएको थियो । म्यानचेस्टर सिटीका विङगर साने अन्तिम सात मिनेट बाँकि हुँदा मैदानमा प्रवेश गरे पनि कुनै प्रभाव जनाउन सकेनन् । अब फ्रान्सले आइतबार नेदरल्याण्ड्ससँग खेल्नेछ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •