कोहली १ रनले चुके, अन्तिम टेस्टमा पनि भारतको खराब प्रदर्शन !


Share This

नेपालबहस संवाददाता    

लण्डन । इंग्ल्याण्डसँगको पाँच खेलको टेस्ट श्रृंखला गुमाईसकेको भारतले अन्तिम टेस्टमा पनि खराब प्रदर्शन गरेको छ ।

जोश बटलरको संयमित इनिंगमा राम्रो प्रदर्शन गरेको इंग्ल्याण्डले पहिलो पालीमा ३ सय ३२ रन बनाएको थियो । १ सय ९२ रन जोड्दा ७ विकेट गुमाईसकेको इंग्ल्याण्डलाई बटलरले ३ सय रनको आँकडा कटाउन नायकी भूमिका खेलेका हुन ।

शुरुमा भने आफ्नो करियरकै अन्तिम टेस्ट खेलिरहेका एलिस्टर कुकले ७१ रन बनाए । त्यसपछि क्रिजमा आएका बटलरले अन्तिम विकेटका लागि ८९ रनको योगदान दिए ।

त्यसबाहेक अरुले गतिलो प्रदर्शन गर्न सकेनन । अन्तिम टेस्टमा मात्रै मौका दिइएका रवीन्द्र जडेजाले सर्वाधिक ४ तथा जस्प्रित बुम्राह र इशान्त शर्माले समान ३ विकेट लिए ।

कोहली १ रनले चुके

शनिबार नै पहिलो पाली थालेको भारतले भने खराब शुरुवात गरेको छ । उसले पहिलो पाली थालेको शुरुमै ६ विकेट गुमाइसकेको छ । केही समय क्रिजमा टिकेका चेतेश्वर पुजारा र लोकेश राहुलले समान ३७ रन बनाए । कप्तान विराट कोहलीले भने ४९ रन बनाएपनि १ रनले अर्धशतक बनाउन चुके ।

उनलाई बेन स्टोक्सले आउट गरेका थिए । पहिलो पल्ट टेस्ट खेलिरहेका हनुमान बिहारीले भने आक्रामक शुरुवात गरेका छन । उनले ५० बलमा २५ रन बनाएर खेलिरहेका छन । उनलाई साथ दिन क्रिजमा आएका रवीन्द्रले जडेजाले शुरुमै दुई चौका हानेर ८ रन बनाएका छन ।

दोश्रो दिनको खेल सकिदा भारतले १ सय ७४ रन बनाएको छ । ६ विकेट भने गइसकेको छ । तर अझै इंग्ल्याण्डभन्दा १ सय ५८ रनले भारत पछि छ ।

पाँच खेलको टेस्ट क्रिकेट श्रृंखला भने इंग्ल्याण्डले यसअघि नै ३ एकले जितिसकेको छ । पाँचौ टेस्ट जितेपनि भारतले भने आफ्नो टेस्ट क्रिकेटको नम्बर एक टोलीले शाख मात्रै जोगाउनेछ ।

तपाईको प्रतिक्रिया