हारिन सेरेना ! यूएस ओपन टेनिसको उपाधि ओसाकालाई



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । ६ पटककी च्याम्पियन सेरेना विलियम्सलाई पराजित गर्दै जापानकी नाओमी ओसाकाले यूएस ओपन टेनिसको उपाधि जितेकी छन् ।

ओसाका युएस ओपन जित्ने पहिलो जापानीज खेलाडी बनेकी छन् । उनले सेरेनलाई ६–२ तथा ६–४ को सेटमा पाखा लगाएकी थिइन् । ओसाकाले पहिलो सेट सजिलै जिते पनि दोस्रो सेटमा भने संघर्ष गर्नु परेको थियो । खेलका दौरान सेरेना र एम्पाएरबीच विवादसमेत भएको थियो । पछि सेरेना आफैले माफि मागेकी थिइन् ।

सेरेनाले रेफ्रिलाई चोर भनेको सार्वजनिक भएपछि उनले माफि मागेकी हुन् । जित पछि जापानीज खेलाडी ओसकाले लामो समय देखि सेरेनासँग खेल्ने इच्छा पूरा भएको बताइन ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •