नेपालमै पहिलो पटक ‘यति बाइक रेस’ : लमजुङदेखि मुक्तिनाथसम्म !



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । पर्यटनमा नयाँ ‘प्रोडक्ट’ विकास गर्ने उद्देश्यले ‘यति बाइक रेस’को आयोजना गरिएको छ । नेपालमै पहिलोपटक दाबी गरिएको उक्त रेसमा ६ जना विदेशी नागरिकले सहभागिता हुने आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

साहसिक पर्यटनमा विश्व प्रसिद्ध नागरिक एपोलोको संयोजनमा भएको रेस लमजुङको बेंसीशहर, मुस्ताङको मुक्तिनाथ, म्याग्दीको बेनी हुँदै पोखरा पुगेर सम्पन्न भएको थियो ।

कार्यक्रमको व्यवस्थापन गरेको मकालु एड्भेञ्चर प्रालिका प्रबन्ध निर्देशक मोहन लम्सालले आगामी वर्षदेखि हरेक सेप्टेम्बर १५ मा भदौ ३० गते अन्तर्राष्ट्रियस्तरको रेसको आयोजना गरिने बताए। सो अवसरमा रेसका विजेता र सहभागीलाई ट्रफी तथा पदक प्रदान गरिएको थियो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •