नेपालको सेमीफाइनल भिडन्त माल्दिभ्ससँग, फाइनलमा भारतलाई हराउला ?



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । नेपालले साफ च्याम्पियनशिपको सेमीफाइनलमा माल्दिभ्सलाई प्रतिद्धन्द्धी पाएको छ । आइतबार भएको समूह चरणको अन्तिम खेलमा भारतसँग २ शुन्यले पराजित भएपछि माल्दिभ्सलाई नै नेपालले सेमीफाइनलको प्रतिद्धन्द्धी पाएको हो ।

तर नेपालको प्रतिद्धन्द्धीको लागि माल्दिभ्सले श्रीलंकासँग गोलाप्रथाबाट बाजी मारेको हो । श्रीलंकाले भने गोलाप्रथाबाट अघि बढ्न सकेन । नेपालले समुह चरणमा बंगलादेश र भुटानलाई पराजित गरेको थियो भने पाकिस्तानसँग हारेको थियो ।

नेपालले बुधबार सेमीफाइनलमा माल्दिभ्सलाई हराउन सके फाइनलमा भारतको सामना गर्नेछ । नेपालका फरवार्ड विमल घर्ती मगरले ट्वीट गर्दै नेपाल भारतलाई हराएर साफ च्याम्पियनको उपाधि जित्न तयार रहेको बताएका छन ।

भारतले भने बुधबार नै हुने अर्को सेमीफाइनलमा पाकिस्तानसँग खेल्नेछ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •