सुपरस्टार बन्दै एमबाप्पे, फ्रान्ससँग हार्यो नेदरल्याण्ड्स


Share This

नेपालबहस संवाददाता    

पेरिस । किलिएन एमबाप्पेको उत्कृष्ट गोल मद्धतमा फ्रान्सले नेदरल्याण्ड्सलाई पराजित गरेको छ । युइएफए नेसन्स लिग अन्तर्गत फ्रान्सले नेदरल्याण्ड्सलाई २ एकले गोल अन्तरले पराजित गरेको हो ।

फ्रान्सको जितमा किलिएन एमबाप्पेले गोल गरे । उनले खेल शुरु भएको १४ मिनेटमै गोल गरेका थिए । अर्को गोल भने ओलिभर जिरउडले गरेका थिए । विश्वपकमा सनसनी मच्चाएका एमबाप्पे उत्कृष्ट खेलाडी समेत हुन ।

क्रोएसियालाई हराएर फ्रान्सले विश्वकप जित्दा एक गोल गरेका एमबाप्पेले देशका लागि लगातार जसो गोल गर्दै आएका छन ।

नेदरल्याण्डका रियान बाबेलले एक गोल गरेपनि टोलीको हार टार्न सकेनन ।

तपाईको प्रतिक्रिया