जीवनकै अन्तिम खेलमा ‘म्यान अफ द म्याच’ बने कुक, भारतको शतकीय जवाफ खेर गयो !


Share This

नेपालबहस संवाददाता    

लण्डन । जीवनकै अन्तिम तथा बिदाई खेलमा शतक बनाएका इंग्ल्याण्डका एलिस्टर कुक भारतसँगको पाँचौ टेस्टमा म्यान अफ द म्याच बनेका छन । ४ सय ६४ रनको विशाल लक्ष्य पछ्याएको भारत ३ सय ४५ रनमा अलआउट भएपछि इंग्ल्याण्ड १ सय १८ रनले विजयी भएको हो । जितसँगै इंग्ल्याण्डले ४-१ ले सिरिज आफ्नो पक्षमा पार्न सफल भयो ।

कुनै समय जम्मा २ रन जोड्दा ३ विकेट गुमाएको भारतलाई लोकेश राहुल र रिशब पन्तले शतकीय साझेदारी गरेर ३ सय रनको सम्मानजनक अवस्थामा पुर्याएका थिए । दुबै जनाले शतक बनाएपछि भारत जिततर्फ अगाडी समेत बढेको थियो । तर मंगलबार अन्तिम टेस्टको तेश्रो सेसनमा अदिल रसिदले राहुललाई १ सय ४९ र पन्तलाई १ सय १४ रनमा आउट गरेपछि खेल इंग्ल्याण्डको पक्षमा गएको थियो ।

यसअघि इंग्ल्याण्डका लागि कुकले १ सय ४७ र कप्तान जोय रुटले १ सय २५ रन बनाएका थिए । दुबै जनाले शतकीय साझेदारी गरेर इंग्ल्याण्डलाई जित निश्चितको अवस्थामा पुर्याएका थिए । तर इंग्ल्याण्डको तुलनामा निकै नै खराब शुरुवात गरेको भारतले शानदार पुनरागमन गर्यो । शतकको जवाफ शतकबाटै दिएपनि अन्तिम टेस्ट जित्न भने विराट कोहलीको टोली भारत असफल रह्यो ।

यसअघि खासै फर्ममा नरहेका राहुलले अन्तिम टेस्टमा शतक हानेर आफुलाई अब्बल सावित गरे । यस्तै तेश्रो टेस्टमा डेब्यु गरेका पन्तले पनि आफुलाई अब्बल साबित गर्दै दुई टेस्ट पछि शतक बनाई छाडे ।

विश्वकै उत्कृष्ट व्याट्सम्यानको शानदार बदाई

उमेर बढेर भन्दा पनि इंग्ल्याण्डका ओपनर व्याट्सम्यान कुकले खराब फर्मका कारण टेस्टबाट सन्यासको घोषणा गरेका थिए । गत बर्ष भारत भ्रमणका क्रममा पनि निकै खराब प्रदर्शन गरेका उनले त्यतिबेला इंग्लिस टोलीको कप्तानी छाडेका थिए ।

तर त्यसयता लगातार खराब प्रदर्शनबाटै गुज्रिएपछि इंग्लिस टोली मध्यक्रमका व्याट्सम्यानमा निर्भर थियो । यसको सिधा असर कुकमाथि मात्रै परेन । सन्यासकै लागि दबाब सिर्जना गर्यो ।

अन्ततः घरेलु मैदानमै टेस्टकै नम्बर एक टिमसँग सिरिज जितेपछि कुकले यो भन्दा राम्रो मौका नमिल्ने देखेर सन्यास घोषणा गरिहाले । ट्ी ट्वेन्टी र एकदिवसीय क्रिकेट खेल्न छाडिसकेका कुकले अन्तिम टेस्टमा शानदार शतक र जितका साथ टेस्ट क्रिकेटबाट सदाका लागि बिदा भए ।

कुक सचिन तेन्दुलकर पुस्ताका भएपनि इंग्ल्याण्डका लागि सर्वाधिक सफल व्याट्सम्यान हुन । उनले टेस्टमा मात्रै १२ हजार बढी रन बनाएका छन भने ३३ शतक हानेका छन ।

अन्तिम टेस्टमा शतक हान्नु, आफ्नो टिमले बलियो टिमलाई हराउनु र खेलकै म्यान अफ द म्याच बन्नु सायद विश्वकै महान क्रिकेटर बिदाईमा कुक नायक रहे र सधै रहिरहनेछन ।

तपाईको प्रतिक्रिया