fbpx

भारतलाई हराउदै नेपाल साफ च्याम्पियनशिपको फाइनलमा


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ । बलियो प्रतिद्धन्द्धी भारतलाई हराउदैँ नेपाल साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ । भुटानमा शुक्रबार भएको सेमिफाइनलमा भारतलाई पेनाल्टी टाइब्रेकरमा ३–१ ले हराउँदै नेपाल फाइनल पुग्न सफल भएको हो ।

थिम्पुको चाङलिमिथाङ मैदानमा नेपालले शुरुवातदेखि नै खेलमा राम्रो प्रदर्शन गरेको थियो । जसमा रश्मीकुमारी घिसिङले १६ औँ मिनेटमा गोल सफल भइन ।

तर भारतकी समीक्षाले ६३ औँ मिनेटमा गोल फर्काइन ।  त्यसपछि निर्धारित ९० मिनेट र अतिरिक्त समयमा पनि गोल नभएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । जसमा नेपालको भाग्य चम्कियो । नेपालको जितमा गोलकिपर अन्जना रानामगर नायक भइन ।

उनले भारतका दुई पेनाल्टी रोकेर नेपाललाई फाइनल पुर्याएकी हुन । रेखा पौडेल र मनिषा राउतको पेनाल्टी गोलले नेपाल फाइनल पुग्न सफल भएको हो । भारतका टुडु जाबमानीले मात्रै गोल गर्न सकिन ।

नेपालले अब उपाधिका लागि बङ्गलादेश र भुटानबीचको विजेतासँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार