fbpx

कोहली, पृथ्वी र जडेजाको शतक, भारतको विशाल योगफल !


Share This

नेपालबहस संवाददाता    

राजकोट । वेष्ट इण्डिजसँगको पहिलो टेस्ट क्रिकेटमा भारतका तीन जना व्याट्सम्यानले शतक बनाएका छन । बिहीबार पहिलो दिनमै शतक बनाएका ओपनर पृथ्वी शापछि दोश्रो दिनमा कप्तान विराट कोहली र रवीन्द्र जडेजाले पनि शतक बनाएका हुन ।

१८ बर्षका शाले १ सय ३४ रन बनाएका थिए । उनले पहिलो टेस्टमै शतक बनाएका हुन भने सबैभन्दा कम उमेरमा शतक बनाउने सचिन तेन्दुलकरको रेकर्ड तोडेका छन ।

त्यसपछि कोहलीले १ सय ३९ रन बनाए भने रवीन्द्र जडेजाले १ सय रन बनाउँदा भारतले ९ विकेट गुमाएर ६ सय ४९ रनमा पारी समाप्तीको घोषणा गरेको थियो ।

बिहीबार नै आफ्नो पहिलो पाली थालेको वेष्ट इण्डिजले निकै खराब प्रदर्शन गरेको छ । उसले २९ ओभरको खेल सकिदा ६ विकेट गुमाएर ९४ रन मात्रै बनाएको छ । वेष्ट इण्डिज अझै ५ सय ५५ रनले पछि छ ।

भारतका मोहम्मद शामीले दुई तथा रवीन्द्र जडेजा, आश्विसन र कुलदिपले एक एक विकेट लिएका छन ।

तपाईको प्रतिक्रिया