fbpx

विश्वकप छनौट : नेपाल मलेसियाविरुद्ध बलिङ गर्दै


Share This

नेपालबहस संवाददाता    

क्लालालाम्पुर । ट्वेन्टी ट्वेन्टी विश्वकप छनौटको एसियाली बी समुह अन्तर्गत नेपालले शनिबार मलेसियासँग खेलिरहेको छ । यो नेपालको दोश्रो खेल हो ।

पहिले व्याटिङ गरिरहेको मलेसियाले राम्रो शुरुवात गरेको छ । तर सोमपाल कामीले दुई विकेट लिएपछि केही दबाबमा घरेलु टोली परेको छ ।
सोमपालले ११ ओभरको पहिलो र दोश्रो बलमा दुई विकेट लिएका थिए ।

त्यसअघि ५० रनको योगफलसम्म मलेसियाले राम्रो शुरुवात गरेको थियो । १२ ओभरको खेलसम्म मलेसियाले ७८ रन जोड्दा ४ विकेट गुमाएको छ । नेपालले पहिलो खेलमा म्यानमारलाई ८ विकेटले हराएको थियो ।

नेपाल र मलेसियासहित, चीन, थाइल्याण्ड, भुटान, सिंगापुर, माल्दिभ्स सहभागि प्रतियोगिताका उत्कृष्ट तीन टोली एसिया छनौटको फाइनल पुग्नेछन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार