fbpx

सन्दीपले लिए ५ विकेट, मलेसिया १०० रनमै अलआउट


Share This

नेपालबहस संवाददाता    

क्वालालाम्पुर । सन्दीप लामिछानेले ५ विकेट लिएपछि नेपालले मलेसियालाई १०० रनमै अलआउट गरेको छ । मलेसियामा चलिरहेको ट्वेन्टी ट्वेन्टी विश्वकप छनौटको एसियाली चरणमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ ।

पहिले व्याटिंग गरेको मलेसिया १९ ओभर ३ बलमा अलआउट भएको हो । मलेसियालाई सस्तैमा अलआउट गर्न नेपालका सन्दीप लामिछाने एक्लैले ५ विकेट लिए भने सोमपाल कामीले ३ विकेट लिए ।

४ ओभर बलिंग गरेका सन्दीपले २५ रन खर्चिएर ५ विकेट लिएका हुन । उनले पहिलो खेलमा म्यानमारविरुद्ध पनि ५ विकेट लिएका थिए । जारी प्रतियोगितामा सन्दीप सर्वाधिक १० विकेट लिदै बलरहरुको सुचीमा शीर्ष स्थानमा छन ।

मलेसियाका लागि सकिफ सरिफले ४९ रन बनाए भने सायद अजिजले १३ रन बनाए । दुबै जनालाई सन्दीपले आउट गरेका थिए । १ सय १ रनको लक्ष्य लिएर नेपाल अहिले जवाफी व्याटिंग गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार