fbpx

टि २० विश्वकप छनौट : नेपालको अपराजित यात्रा कायम, थाइल्याण्डमाथि शानदार जित


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । टि २० विश्वकप अन्तर्गत एसिया उपक्षेत्रीय छनोटको समूह बी को खेलमा नेपालले अपराजित यात्रा कायम गरेको छ । नेपालले थाइल्याण्डलाई १ सय ४० रनले पराजित गर्दै लगातार तेस्रो जित हाँसिल गरेको हो ।

टस हारेर पहिलो व्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन जोडेको थियो । १ सय ७३ रनको लक्ष्य पाएको थाइल्याण्डले ८ ओभर ५ बलमा नौ विकेट गुमाएर १८ रन बनायो । एक विकेट बाँकी रहँदा वर्षातका कारण खेल स्थगित भएको थियो । अन्तिममा डिएल मेथडको माध्यमबाट नेपाल १ सय ४० रनले विजयी भयो ।

मलेसियाको बायुमास ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालका लागि करण केसीले अविजित ४० रन बनाए । उनले १४ बलमा ४ छक्का र २ चौका प्रहार गर्दै उच्च स्कोर बनाएका थिए । त्यस्तै शरद भेषवाकरले ३४ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले ३० रन बनाए । उपकप्तान ज्ञानेन्द्र मल्ल ७ रनमा आउट हुँदा कप्तान पारस खड्का ५ रनमै आउट हुन पुगे ।

बलिङतर्फ थाइल्यान्डका लागि पायुपुथ सुङनार्डले ४ विकेट लिए । बलिङतर्फ नेपालका लागी सन्दिप लामिछानेले ५ विकेट, करण केसीले तीन विकेट तथा ललित राजवशिले एक विकेट लिए । खेलमा प्लेयर अफ दि म्याच नेपालका करण केसी घोषित भए । नेपालले अब मंगलबार भूटानसँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार