fbpx

साफ च्याम्पियनशिपको उपाधि बंगलादेशलाई, नेपाल उपविजेता !


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । १८ बर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि बंगलादेशले जितेको छ । फाइनलमा हारेपछि नेपाल उपविजेतामै सिमित बनेको छ । आइतबार भएको फाइनलमा नेपाल बंगलादेशसंग १ शुन्य गोलले हराएको हो ।

भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा बंगलादेशलाई उपाधि दिलाउन मासुरा प्रभिनले निर्णायक गोल गरिन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४९ औं मिनेटमा प्रभिनले निर्णायक गोल गरेकी हुन् ।

उपाधि जित्ने लक्ष्यसहित भुटान गएको नेपालले पाएको मौकामा गोल गर्न नसक्दा पराजित हुन पुग्यो । पहिलो हाफमा बल पोजिसनमा पकड जमाएपनि नेपालले गोल गर्न सकेनन् ।

तपाईको प्रतिक्रिया