fbpx

चेल्सी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो, आर्सनल पनि विजयी !


Share This

नेपालबहस संवाददाता    

लण्डन । चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राती भएको खेलमा साउथह्याम्पटनलाई ३ शुन्यले हराउँदै चेल्सी शीर्ष स्थानमा उक्लिएको हो ।

चेल्सीका लागि इडेन हजार्ड, रोज बार्कली र अल्भारो मोराटाले गोल गरे । जितपछि चेल्सी ८ खेलबाट २० अंकसहित शीर्ष स्थानमा उक्लिएको हो ।

यस्तै आर्सनलले फुलह्यामलाई हराएको छ । आइतबार रातीकै खेलमा आर्सनलले फुलह्यामलाई ५ एक गोलले हराएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार