fbpx

राशिदको कमाल, एकै ओभरमा बनाए २८ रन !


Share This

नेपालबहस संवाददाता    

युएई । अफगानिस्तानका स्टार बलर राशिद खानले युएईमा जारी अफगानिस्तान प्रिमियर लीगको तेस्रो भिडन्तमा छक्काको बर्षात् गरेका छन् ।

काबुलका कप्तान खानले रवि बोपाराको ओभरमा ४ छक्का र एक चौकाको मद्धतमा २८ रन बनाएका हुन् । एपीएलको तेस्रो भिडन्तमा मोहम्मद नबीको कप्तानीमा बल्ख लिजेन्ड्स र खानको कप्तानीमा काबुल ज्वानन आमनसामने भएका थिए ।

पहिले ब्याटिङ गर्दै काबुलले राशिद खानको ५६ रन सहयोमा १७६ रन बनाएको थियो । तर बल्खले १९ ‌ओभरमै खेल जित्यो । यो खेलमा काबुलले पराजय भोगे पनि बलिङमा चम्किने राशिदले ब्याटिङमा पनि समर्थको मन जिते ।

राशिद त्यो बेला ब्याटिङ गरिरहेका थिए जुन बेला काबुल संकटमा थियो । १२ औँ ओभरमा ७६ रन बनाएको अवस्थामा ५ ब्याट्सम्यान गुमाएको अवस्थामा राशिद मैदान छिरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार