fbpx

पहिलो ओभरमै नेपालको विकेट पतन


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह बी अन्तर्गत नेपालले अहिले भुटानको समान गरिरहेको छ । युकेएम वाईएसडी ओभलमा भुटानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट गुमाएको छ । नेपालले ओपनर विनोद भण्डारीलाई सुन्य रनमा गुमाएको छ । पहिलो ओभरको चौथो बलमा विनोद थिन्लेको बलमा क्याच आउट भए ।

नेपालले पहिलो ओभर सकिदा १ विकेट गुमाएर ६ रन जोडेको छ । अघिल्ला तीन खेलमा जित निकालेको नेपालले चौथो खेलमा आज ‘मंगलबार’ भुटानसंग प्रतिस्पर्धा गर्न लागेको हो । भुटानविरुद्ध मैदान उत्रदा नेपालको लक्ष्य लगातार चौथो जित निकाल्नु हुनेछ ।

तुलनात्मक कमजोर टिम भुटानविरुद्ध नेपाललाई जित निकाल्न गार्हो पर्नेछैन । अघिल्ला नतिजा हेर्दा नेपालले भुटानलाई सहजै हराउने देखिएको छ । जारी प्रतियोगितामा भुटान प्रदर्शन उच्च देखिएको छैन ।

छनोटमा नेपाल ३ खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा छ । यता, भुटान ३ खेलबाट २ अंक जोडेर पाँचौ स्थानमा छ । नेपालले भुटानविरुद्ध अहिलेसम्म कुनैपनि खेल गुमाउनु परेको छैन । नेपालले भुटानविरुद्धको पाँच भेटमा चार जित निकालेको छ । एक खेल बर्षाको कारण नतिजाबिहिन बनेको छ ।

नेपालले पछिल्लो पटक भुटानसंग सन् २००६ मा खेलेको थियो । मलेसियामै भएको एसीसी ट्रफीपछि नेपालले १२ बर्षपछि भुटानसंग खेल्न लागेको हो । नेपालले उक्त खेलमा १८१ रनले जित निकालेको थियो ।

यस्तै नेपालले सन् २००३ को एसीसी इमार्जिङ टिम्स कपमा भुटानलाई ३५३ रनले पराजित गर्दा सन् २००४ एसीसी ट्रफीमा ९ विकेटले हराएको थियो । त्यस्तै सन् २००४ कै एसीसी ट्रफीको प्लेअफमा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार