fbpx

भुटानविरुद्ध प्रदिप ‘प्येलर अफ दि म्याच’


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । मलेसियामा जारी आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह बी अन्तर्गत भुटानविरुद्धको खेलमा नेपालका प्रदिप ऐरी प्लेयर अफ दि म्याच चुनिएका छन् ।

युकेएम वाईएसडी ओभलमा भुटानविरुद्ध जित निकाल्दा प्रदिपले अर्धशतक बनाएका थिए । ओपनर प्रदिपले ६८ बलमा ६ चौका र २ चौकासहित अविजित ७५ रन जोडेका थिए ।

उनको अर्धशतकीय पारीसंगै नेपालले २० ओभरमा ४ विकेट गुमाएर १५० रन जोडेको थियो । जवाफमा भुटान १६ ओभर ४ बलमा अलआउट हुँदै ३३ रनमा समेटिएपछि नेपालले ११७ रनको जित निकाल्न सफल भयो ।

लामो समय नेपाली टोलीबाट बाहिर रहेका प्रदिप यसै प्रतियोगिताबाट नेपाली टोलीमा पुनरागमन गरेका हुन् । तर, अघिल्लो तीन खेलमा भने प्रदिप जम्न सकेका थिएनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार