राष्ट्रिय महिला भलिबलमा आर्मीको विजयी सुरुवात 


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले बाग्लुङमा जारी २२ औं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

गल्कोटमा मंगलबार भएको खेलमा आर्मीले गण्डक प्रदेशलाई ३ – ० को सोझो सेटमा पराजित गर्यो । आर्मीले गण्डकमाथि २५-२३,२८-२६ र २५-२२ को सेटमा पराजित गर्यो ।

नेपाल भलिबल संघको आयोजना तथा बाग्लुङ जिल्ला भलिबल संघको व्यवस्थापनमा सुरु प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय टिम गरी १० टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले ५० हजार प्राप्त गर्नेछन् । यस्तै दोस्रोले ३० र तेस्रोले २० हजार पाउने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १० हजार पाउनेछन् । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने स्पाइकर,सरभर, लिबेरो, सेटर र ब्लकरलाई समान ५र५ हजार प्रदान गरिनेछ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार