fbpx

नेपाली बलरको फेरी उत्कृष्ट प्रदर्शन, चीन २६ रनमा अलआउट !


Share This

नेपालबहस संवाददाता    

मलेसिया । ट्वेन्टी ट्वेन्टी विश्वकपको एसियाली क्षेत्रीय छनौटमा नेपालले बुधबार चीनसँग खेलिरहेको छ । टस जितेर पहिले बलिंग गरेको नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ ।

नेपाली बलरको कसिलो बलिंगले चीन १३ ओभरमा २६ रनमै अलआउट भएको छ । नेपालका सन्दीप लामिछाने, बसन्त रेग्मी र ललितनारायण राजबंशीले समान तीन तीन विकेट लिए ।

चीनका ८ जना व्याट्सम्यान शुन्यमा आउट भए । वाई यानले भने ११ रन जोडे । २७ रनको सामान्य लक्ष्य लिएर नेपालले केही बेरमा जवाफी व्याटिंग गर्दैछ

तपाईको प्रतिक्रिया