fbpx

नेपालको लगातार पाँचौ जित, चीन १० विकेटले पराजित !


Share This

नेपालबहस संवाददाता    

मलेसिया । ट्वेन्टी ट्वेन्टी विश्वकपको एसियाली क्षेत्रीय छनौटमा नेपालले लगातार पाँचौ जित हात पारेको छ । बुधबार भएको पाँचौ खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको हो । चीनले दिएको सामान्य लक्ष्य नेपालले ११ बलमै भेट्टायो ।

नेपालका लागि विनोद भण्डारी एक्लैले २४ रन बनाए । यस्तै प्रदीप ऐरीले ४ रन बनाए । ८ बल मात्रै खेलेका बिनोदले ४ चौका र १ छक्का हानेका थिए । त्यसअघि पहिले व्याटिंग गरेको चीन १३ ओभरमै अलआउट भएको थियो ।

उसका लागि वाई यानले सर्वाधिक ११ रन बनाउँदा अरु ८ जना व्याट्सम्यान शुन्य रनमा आउट भएका थिए ।

नेपालका सन्दीप लामिछाने, बसन्त रेग्मी र ललितनारायण राजबंशीले समान तीन तीन विकेट लिए । पाँच खेलमा पाँच जितसहित १० अंक जोडेको नेपाल प्रतियोगिताको शीर्ष स्थानमा छ ।

तपाईको प्रतिक्रिया