चौथो केएनपी महिला भलिबल : उपाधिका लागि दुई विभागिय टोली भिड्ने


Share This

नेपालबहस संवाददाता    

काठमाडौं,२४ बैशाख । चौथो केएनपी महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली सशस्त्रको एपीएफ र नेपाल पुलिस भिड्ने भएका छन्।

सोमवार भएको सेमिफाइनल खेलमा जित हात पार्दै यी दुईले उपाधि नजिकको भिडन्त पक्का गरेका छन् । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा एपीएफले न्यू डायमण्ड एकेडेमीलाई ३/१ को सेटमा हरायो। एपीएफले २५/१८, २१/२५, २५/१०, २५/२३ को सेटमा डायमण्डलाई पराजित गरेको हो।

यस्तै दोस्रो सेमिफाइनलमा पुलिसले पश्चिमाञ्चल क्षेत्रिय भलिबल टिमलाई सोझो सेटमा हरायो। सुरुको दुई सेट पुलिसले २५/१९, २५/१५ ले सहजै जितेमको थियो। तेस्रो सेटमा पश्चिमाञ्चलले टक्कर दिएपनि पुलिसले २५/२३ ले जित्दै ३/० ले खेल जितेको हो।

फाइनल खेल मंगलबार हुनेछ। प्रतियोगिताको विजेताले एक लाख ५० हजार, उपविजेताले एक लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State