त्रिभुवन आर्मी क्लबले प्रदेश नम्बर २ लाई दियो २४५ रनको लक्ष्य


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री कप क्रिकेटको बिहीबार भएको खेलमा त्रिभुवन आर्मी क्लबले प्रदेश नम्बर २ लाई २४५ रनको लक्ष्य दिएको छ ।

त्रिभुवन आर्मी क्लबले ४९.३ मा १० विकेट गुमाएर २४४ रन बनाएको हो । आर्मीले २४४ रन जोड्ने क्रममा राजु रिजालले अर्ध शतक पुर्याएका छन् ।

रिजालले ८५ बलमा ५० रन बनाएका हुन् । त्यस्तै, आर्मीका लागि सोमपाल कामी ४१, राजेश पुलामी मगरले ४०, अनिल मण्डलले ३५ रन बनाएका हुन् ।

त्यस्तै, आर्मीकै विनोद भण्डारीले २३ रन बनाए भने भिम सार्कीले १५ रन बनाएका थिए । प्रदेश नम्बर २ का दिवांशु मल्लीकले ३ विकेट लिए भने राशिद खान, साम्सद शेख र मेहबुब आलमले समान २—२ विकेट लिएका थिए ।

तपाईको प्रतिक्रिया
Road Show Real State