वेस्ट इन्डिजद्वारा विश्व–११ पराजित


Share This


नेपालबहस संवाददाता    75 Views

लन्डन । वेस्ट इन्डिजले लर्डसमा बिहीबार राति भएको मैत्रीपूर्ण ट्वान्टी ट्वान्टी क्रिकेटमा नेपालका सन्दीप लामिछाने सम्मिलित विश्व–११ लाई ७२ रनले पराजित गरेको छ ।

पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४ विकेटमा १ सय ९९ रन बनाएको थियो । जवाफमा विश्व–११ टिम १ सय २७ रन मात्र बनाएर अलआउट भयो।

सन्दीपले एक ओभर मात्र बलिङ गरे र त्यसमा बिना कुनै विकेट १२ रन खर्चे। ब्याटिङतर्फ उनले ७ बलमा ४ रन बनाए। गत वर्ष आएको समुद्री आँधी इर्मा र मारिआु ले डोमिनिकाको विन्डसोर पार्क रंगशाला र एंगुलाको जेम्स रोनाल्ड वेबस्टर पार्क रंगशाला भत्काएको कारण त्यसको पुर्ननिर्माणका लागि आर्थिक संकलन गर्न यो खेल आयोजना गरिएको हो।

तपाईको प्रतिक्रिया