एशिया कप क्रिकेट : नेपालद्वारा ओमानलाई २२२ रनको लक्ष्य


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज ओमानसामु २२२ रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा टस हारेरे ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाएर २२१ रन बनायो ।

नेपालका लागि सागर पुनले उत्कृष्ट ब्याटिङ गरे । उनले ८३ रन बनाए । ज्ञानेन्द्र मल्लले ४५, आरिफ शेखले ३६ तथा करण केसीले अविजित २६ रन बनाए । अहिले ओमानले जवाफी ब्याटिङ गरिरहेको छ । ओमानले ९ ओरमा एक विकेट गुमाउँदै ३७ रन जोडेको छ ।

प्रतियोगितामा नेपालसँगै आयोजक मलेसिया, ओमान, संयुक्त अरब इमिरेटस् ‘युएई’, सिङ्गापुर र हङकङ सहभागि छन् । एकदिवसीय खेलमा नेपाल र ओमन पाँच पटक भिड्दा नेपाल तीन तथा ओमान दुई खेलमा विजयी भएको छ ।

तपाईको प्रतिक्रिया