एकदिवसीय सिरिज खेल्न नेपाली क्रिकेट टोली आज भारत जाँदै



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । भारतीय क्रिकेट बोर्ड ‘बीसीसीआई’को निमन्त्रणामा नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोली आज भारतको लखनउ जाँदै छ । भारत र अफगानिस्तानसँग एकदिवसीय सिरिज खेल्न नेपाली यू—१९ टोली भारत जान लागेको हो ।

मोहमद आसिफ शेखको कप्तानीमा खेलाडी छनोट समितिले घोषणा गरेको टोली जान लागेको हो । ५० ओभरको प्रतियोगितामा नेपालसहित भारत ‘ए’ र ‘बी’ तथा अफगानिस्तानको यू–१९ टोलीले लखनउमा खेल्ने छन् ।

युवा टोलीको क्षमता विकासको लागि भारतले हरेक वर्ष आयोजना गर्ने यो सिरिजमा गत वर्ष श्रीलंकाको यू– १९ टोलीलाई बोलाएको थियो यस पटक नेपाललाई मौका दिइएको हो ।

यस्तो छ खेल तालिका-

  • सेप्टेम्बर १२– भारत यू–१९ ‘ए’ विरुद्ध अफगानिस्तान यू–१९, लखनउ
  • सेप्टेम्बर १२– भारत यु–१९ ‘बि’ विरुद्ध नेपाल यू–१९, लखनउ
  • सेप्टेम्बर १४– भारत यू–१९ ‘ए’ विरुद्ध नेपाल यू–१९, लखनउ
  • सेप्टेम्बर १४– भारत यू–१९ ‘बी’ विरुद्ध अफगानिस्तान यू–१९, लखनउ
  • सेप्टेम्बर १६–  भारत यू–१९ ‘ए’ विरुद्ध एनसीए यू–१९, लखनउ
  • सेप्टेम्बर १६– अफगानिस्तान यू–१९ विरुद्ध नेपाल यू–१९, लखनउ
  • सेप्टेम्बर १८– टिम १ विरुद्ध टिम २, लखनउ
  • सेप्टेम्बर १८– टिम ३ विरुद्ध टिम, लखनउ

 


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार