एसिया कपमा बंगलादेशको विजयी शुरुवात, मुसाफिकर रहिमको शतक


Share This

नेपालबहस संवाददाता    

दुबई । मुसाफिकर रहिमको शानदार शतक मद्धतमा बंगलादेशले एसिया कप क्रिकेटमा विजयी शुरुवात गरेको छ । शनिबार राती भएको उद्घाटन खेलमा बंगलादेशले श्रीलंकालाई १ सय ३७ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

टस जितेर पहिला ब्याटिङ शुरु गरेको बंगलादेशले ४९ ओभर ३ बलमा अलआउट हुनु अवाडी २ सय ६१ रन बनायो । उसका लागि पूर्व कप्तान मुशफिकर रहिमले १४४ रनको शानदार पारी खेले ।

१५० बल खेलेका उनले ११ चौका र ४ छक्का प्रहार गरेका थिए । कुनै बेला २ ओभर बनाउँदा ३ विकेट गुमाएको बंगलादेशको पाली रहिम र मोहम्मद मिथुनले उकासेका थिए । मिथुन व्यक्तिगत ६३ रनमा आउट भए ।

श्रीलंकाका लागि लासिथ मालिंगाले ४ विकेट लिएपनि टोलीलाई जित दिलाउन सकेनन । उनले आफ्नो पहिलो ओभरमै २ विकेट लिएका थिए ।

त्यसपछि २६१ रनको लक्ष्य पछ्याएको श्रीलंका भने ३५ ओभर २ बलमा सबै विकेट गुमाएर १२४ रनमै अलाउट भयो ।

तपाईको प्रतिक्रिया