श्रीलंका एसिया कपबाट बाहिरियो, अफगानिस्तानको पहिलो जित


Share This


नेपालबहस संवाददाता    

दुबई । श्रीलंका एसिया कप क्रिकेटबाट बाहिरिएको छ । सोमबार राति भएको खेलमा कान्छो अफगानिस्तानसँग ९१ रनले पराजित भएसँगै श्रीलंका एसिया कपबाट बाहिरिएको हो ।

पाँच पटकको विजेता श्रीलंका पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो । दुबईमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले २४९ रन बनाएको थियो । २५० रनको लक्ष्य पछ्याएको श्रीलंका ४१।२ ओभरमा अल आउट हुँदै १५८ रनमा समेटिएको थियो ।

श्रीलंकाका लागि थिसेरा परेराले सर्वाधिक ५ विकेट लिएपनि खेलमा टोलीका जित दिलाउन सकेनन ।

अफगानिस्तानका लागि रहमत साहले ७२, इसानुल्लाह जनातले ४५, हशमतुल्लाह शाहिदीले ३७ तथा मोहम्मद शहजादले ३४ रन बनाए ।

श्रीलंकाका उपुल थरंगाले ३६ तथा थिसेर परेराले २८ रन बनाएपनि त्यो जितका लागि पर्याप्त रहेन ।

अफगानिस्तानका रशिद खान, मुजीबउर रहमान, मोहम्मद नावी र गुलाबदिन नहिबले समान दुई दुई विकेट लिएर श्रीलंकालाई एसिया कपबाट आउट गरेका थिए ।

तपाईको प्रतिक्रिया