पाकिस्तान १ सय ६२ रनमै अलआउट, बदला लिने दाउमा भारत !


Share This


नेपालबहस संवाददाता    

दुबई । एसिया कप क्रिकेटमा पाकिस्तान १ सय ६२ रनमै अलआउट भएको छ । भारतविरुद्ध टस जितेर पहिले व्याटिंग शुरु गरेको पाकिस्तान ४३ ओभर १ बलमा सबै विकेट गुमाएर अलआउट भएको हो ।

पाकिस्तानका लागि बाबर अजामले ४७ र सोयब मल्लिकले ४३ रन बनाउनु बाहेक अरुले गतिलो रन जोड्न सकेनन । ३ रन जोड्दा दुबै ओपनर गुमाएको पाकिस्तानका लागि मल्लिक र अजामले झण्डै शतकीय साझेदारी गरेका थिए ।

तर दुबै जना आउट भएपछि पाकिस्तानको पारी धर्मराएको थियो । पुछारका बलर फाहिम अशरफले २१ र मोहम्मद आमिरले १८ रन बनाएर पाकिस्तानलाई केही सम्मानजनक अवस्थामा पुर्याएका थिए ।

भारतका लागि भुवनेश्वर कुमार र केदाव जादवले समान ३ तथा जस्प्रित बुम्राहले २ र कुलदिप यादवले एक विकेट लिए । १ सय ६३ रनको सामान्य लक्ष्य लिएर भारतले अहिले जवाफी व्याटिंग गरिरहेको छ । यो खेल समुह बिजेताका लागि मात्रै हो । यसअघि नै दुबै टोली सेमीफाइनल पुगिसकेका छन ।

भारत र पाकिस्तानबीच यसअघि च्याम्पियन्स लिगमा भेट भएको थियो । जसमा पाकिस्तानले फाइनलमा भारतलाई हराउदै उपाधि उचालेको थियो । भारत आज त्यसैको बदला लिने दाउमा छ ।

तपाईको प्रतिक्रिया