रोहित र धवनको शतक ! भारतले पाकिस्तानलाई हरायो


Share This


नेपालबहस संवाददाता    

दुबई । एसिया कप क्रिकेटमा ओपनर व्याट्सम्यान रोहित शर्मा र शिखर धवनले किर्तिमानी शतक बनाएपछि भारतले पाकिस्तानलाई हराएको छ । आइतबार राती भएको सुपर फोरको खेलमा पाकिस्तानलाई ९ विकेटको हराउदै भारत फाइनल पुगेको छ ।

२ सय ३८ रनको लक्ष्य पछ्याएको भारतका लागि शिखर धवनले १ सय १४ र कप्तान रोहित शर्माले १ सय ११ रन बनाए । दुबै जनाले पहिलो विकेटका लागि २ सय ११ रन बनाएका थिए ।

रोहितले शतकसँगै एसिया कपमा पहिलो शतक र एकदिवसीयमा ७ हजार रन पुरा गरेका छन । धवनले भने व्यक्तिगत शतक प्रहार गरेका हुन । यसअघि उनले समुह चरणको पहिलो खेलमा नवप्रवेशी क्लब हंकंगविरुद्ध शतक बनाएका थिए ।

अम्बाती रायडुले नटआउट १२ रन बनाए । यसअघि पहिले व्याटिंग गरेको पाकिस्तानले ७ विकेट गुमाएर २ सय ३७ रन बनाएको थियो । उसका लागि सोयब मल्लिकले ७८ रन बनाएका थिए । भारतका जस्प्रित बुम्राह, युज्वेन्द्र चाहल र कुलदिप यादवले समान दुई दुई विकेट लिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार