केरला किंग्समा सन्दीप लामिछानेले खेल्ने


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले टि–१० लिग क्रिकेट खेल्ने भएका छन् । गत वर्षदेखि सुरू भएको यो लिगको दोस्रो संस्करणका लागि उनी साविक विजेता केरला किंग्समा अनुबन्धित भएका छन् ।

सन्दीपको टिममा इंग्ल्याण्डका इयोन मोर्गन कप्तान छन् भने क्रिस गेल, किरन पोलार्ड पनि यही टिममा छन् । प्रतियोगितामा केरलासँगै मार्था अरेबियन, पाख्तुन टिम, पञ्जाब लेजेन्ड्स, कराँची, बंगाल टाइगर्स, नर्थन वारियर्स र राजपुत टिमले प्रतिष्पर्धा गर्ने भएका छन् ।

प्रतियोगिता युएईको सारजहाँमा आगामी नोभेम्बर २३ देखि डिसेम्बर २ सम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार