fbpx

अर्घाखाँची प्रीमियर लिगको दोश्रो संस्करण आजबाट सुरु


Share This

नेपालबहस संवाददाता    

सन्धिखर्क । अर्घाखाँचीमा सर्वाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिता अर्घाखाँची प्रीमियर लिग एपिएलको दोश्रो संस्करण आजबाट सुरु हुँदै छ।

सन्धिखर्कको टुडिखेल मैदानमा दिउँसो २ बजे एक औपचारिक समारोहका बीच प्रतियोगिताको उद्घाटन हुने एपीएलका संयोजक तथा आयोजक संस्था अर्घाखाँची सामुदायिक विकास क्लबका अध्यक्ष ऋषिकेश भट्टराइले बताए ।

प्रतियोगिता लिग सिस्टममा २०(२० फर्मेटमा खेलाइने र चार टीमको सहभागिता रहनेछ। जसमा बिक्रमकुमार भुसालको कप्तानिमा एम्स स्टार, जगत क्षेत्री सन्जुको कप्तानिमा रोयल सन्धिखर्क, जीवन भट्टराईको कप्तानिमा नमस्ते अर्घाखाँची र त्रिभुज कार्कीको कप्तानिमा सुपर सुपा इलाभेन मैदानमा उत्रने भएका छन् ।

प्रतियोगितामा प्रथम हुने टीमले नगद १ लाख ५ हजार र द्वितीय हुनेले ५५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् भने व्यक्तिगत प्रदर्शनका विभिन्न विधामा समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले बताएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार