fbpx

मलेसियामाथि नेपालको ८ विकेटको जित, पारसको अर्धशतक !


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ । ट्वेन्टी ट्वेन्टी विश्वकप छनौटको एसियाली प्रतियोगितामा नेपालले लगातार दोश्रो जित निकालेको छ ।  क्वालालाम्पुरमा मलेसियालाई ८ विकेटले हराउँदै नेपालले दोश्रो जित हात पारेको हो ।

यसअघि नेपालले म्यानमारलाई पनि ८ विकेटले हराएको थियो । मलेसियाले दिएको १ सय १ रनको लक्ष्य नेपालले १२ ओभर ४ बलमा मात्रै २ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा कप्तान पारस खड्काले अर्धशतक बनाउदै ५२ रनको योगदान दिए ।

३७ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे । उपकप्तान ज्ञानेन्द्र मल्लले २७ र विनोद भण्डारीले १२ रन जोडे । ओपनर अनिल शाह भने १ रनमै आउट भएका थिए ।

त्यसअघि पहिले व्याटिंग गरेको मलेसिया १९ ओभर ३ बलमा अलआउट हुदैँ १ सय रनमा अलआउट भएको थियो । उसका लागि सफिक सरिफले ४९ रनको योगदान दिएका थिए ।

नेपालका सन्दीप लामिछानेले सर्वाधिक ५ तथा सोमपाल कामीले ३ विकेट लिएका थिए ।

तपाईको प्रतिक्रिया