सप्तरीका किशोरी क्रिकेट सिक्दै


Share This

नेपालबहस संवाददाता    

राजविराज । क्रिकेट क्षेत्रमा महिला खेलाडी उत्पादन र खेलको विकास गर्ने उद्देश्यका साथ एक महीने क्रिकेट प्रशिक्षण शुरु गरिएको छ । सुरूङ्गा र खड्ग नगरपालिकामा क्रिकेट प्रशिक्षण कार्यक्रम शुरु गरिएको सप्तरी क्रिकेट सङ्घका सचिव आयुष श्रेष्ठले जानकारी दिए ।

सुरुङ्गा नगरपालिका र खड्ग नगरपालिकाको संयोजन तथा सबल नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा क्रिकेटको विकासलाई उकास्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम शुरु गरिएको सचिव श्रेष्ठले बताए ।

राष्ट्रिय प्रशिक्षक टमाटाले खड्ग र सुरुङ्गा नगरपालिकाका १२५ किशोरीलाई प्रशिक्षण दिनेछ । प्रशिक्षणबाट उत्कृष्ट ३० किशोरीलाई खेलाडीबीच अभ्यास म्याच गराउने र आउने दिनमा सप्तरी महिला क्रिकेट टिम बनाउने सबल नेपालका चन्दन यादवले बताए ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार