क्यानको विवाद समाधान गर्न मनिटरिङ कमिटीको बैठक बस्दै


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) अनुगमन समितिको बैठक यही मङ्सिर २२ गते बस्ने भएको छ । तीन वर्षदेखि नेपाल क्रिकेट सङ्घ (क्यान) मा देखिएको विवाद समाधानका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले  अनुगमन समिति गठन गरेको थियो ।

आइसिसीको सल्लाहकार समितिले बनाएको विधानअनुसार क्रिकेट विवादको प्रक्रियालाई टुङ्गोमा पु¥याउन गठन गरिएको मनिटरिङ कमिटीको दोस्रो बैठक काठमाडाँैंमा बस्न लागेको हो ।

बैठकमा आइससिसीका प्रतिनिधिसहित नेपालबाट राष्ट्रिय खेलकुद परिषद् (राखेप)  र निलम्बित क्यानका प्रतिनिधि सहभागी हुने निलम्बित क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । बैठकमा क्यानको जिल्ला निर्वाचनका विषयमा औपचारिक छलफल हुनेछ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार