fbpx

आइपिएल क्रिकेट आउँदो मार्च २३ देखि भारतमै हुने


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । इन्डियन प्रिमियर लिग ‘आइपिएल’ क्रिकेट आउँदो मार्च २३ देखि भारतमै हुने भएको छ । आम चुनावका कारण यो वर्षको आइपिएलको मिति तथा स्थान परिवर्तन गर्नु पर्ने अड्कल भइरहेका बेला प्रतियोगिता भारतमै हुने तय भएको हो ।

यस्तै आउँदो मार्च २३ देखि सुरु हुने अपेक्षा छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ‘बिसिसिआई’ ले मंगलबार केन्द्र तथा प्रदेशका अधिकारीसँगको छलफलपछि प्रतियोगिता भारतमै हुने तय भएको जानकारी दिएको छ ।

आइपिएल प्रतियोगिता मार्च २३ देखि सुरु गर्ने प्रस्ताव पनि भएको बिसिसिआईले जनाएको छ । यसअघि दुईपटक आम चुनावका कारण आइपिएल भारत बाहिर भएको थियो । सन् २००९ मा आइपिएल दक्षिण अफ्रिकामा भएको थियो भने सन् २०१४ मा केही खेल संयुक्त अरब इमिरेट् ९युएई० मा भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार