fbpx

त्रिवि क्रिकेट मैदान आईसीसी प्रतिनिधिद्वारा निरीक्षण


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । त्रिवि क्रिकेट मैदान कीर्तिपुरको अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीका प्रतिनिधिले निरीक्षण आज गरेका छन् । कीर्तिपुर मैदान एकदिवसीय सिरिज खेलाउन योग्य भए नभएको अवलोकन गर्न आईसीसीका प्रतिनिधि एण्डी अड्किङसन नेपाल आएका थिए ।

उनले विहान त्रिवि क्रिकेट मैदान पुगेर पिच, आउट फिल्ड लगायतको अवलोकन गरेका छन् । त्रिवि क्रिकेट मैदानले छिट्टै तयार हुने अवस्था भएमा सन् २०१९ को मध्यतिरै पनि नेपालमा सिरिज हुनसक्ने आईसीसीका नेपाल प्रतिनिधि भावना घिमिरेले बताइन् । गत चैतमा एकदिवसीय मान्यता पाएको नेपालले हालै मात्र यूएईविरुद्ध सिरिज जितेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार