सन्दीप आबद्ध मेलबर्न स्टार बिग बासको प्लेअफमा प्रवेश



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । सिड्नी सिक्सरमाथि ९४ रनको जित निकाल्दै नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध मेलबर्न स्टार बिग बासको प्लेअफमा प्रवेश गरेको छ ।

सन्दीपको कसिलो बलिङमा १ सय ६९ रनको लक्ष्य पछ्याएको सिड्नी सिक्सर १३.४ ओभरमा ७४ रनमा अलआउट भएपछि मेलबर्न प्लेअफमा प्रवेश गरेको हो । सिड्नीका लागि ड्यानियल ह्युजले १२ रन बनाए ।

स्टिभ ओकिफले ११ तथा टोम कुरनले १० रन बनाउँदा बाँकी ८ खेलाडीले दोहोरो रन बनाउन सकेनन् । सिड्नीका खेलाडीलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए ।

योसँगै सन्दीपले बिग बासमा १० विकेट लिएका छन् । यसअघि ब्रिसबेनविरुद्ध विकेटविहिन सन्दीपले सुरुवाती चारखेलमा ८ विकेट लिएका थिए ।

सिड्नी सिक्सरविरुद्ध जाम्पा र ड्यानियलको नाममा २–२ विकेट रह्यो । यसअघि पहिला ब्याटिङ गरेको मेलबर्न स्टारले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १ सय ६८ रन बनाएको थियो ।

मेलबर्नका लागि कप्तान ग्लेन म्यासवेलले सर्वाधिक ८५ रन बनाउँदा मार्कुस स्टोनिसले ३४ तथा पिटर हेन्डकोम्बोले ३५ रन बनाएका थिए ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार