धनगढी प्रिमियर लिगको उद्घाटन खेल आज



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । धनगढी प्रिमियर लिग डिपिएल को तेस्रो संस्करणको उद्घाटन खेल आज हुँदैछ । आयोजक धनगढी क्रिकेट एकेडेमिले शनिबार धनगढीमा एक कार्यक्रम गर्दै डिपिएल ३ उद्घाटन गरेको थियो । तर वर्षाका कारण मैदान हिमाल्म्य भएपछि खेल हुन सकेको थिएन । आज उद्घाटन खेलमा धनगढी स्टार्स र काठमाडौँ गोल्डेन्स भिड्नेछन्।

यस्तो दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर यूनाइटेड खेल्नेछन्। डिपिएलको विजेताले ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख र चौथो हुने टोलीले २ लाख नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौँ गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार