डिपिएलमा विराटनगरमाथि रुपन्देही च्यालेन्जर्सको जित



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । धनगढी प्रिमियर लिग (डिपिएल) अन्तर्गत आज भएको दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्सले विराटनगर किङ्सलाई पाँच विकेटले पराजित गरेको छ। विराटनगरले दिएको ९४ रनको लक्ष्य पच्छ्याएको रुपन्देहीले १३ ओभर १ वलमा पाँच विकेट गुमाएर लक्ष्य भेटाएको हो।

रुपन्देहीका लागि पुनित मेहराले २७ बलमा ४६ रन बनाए। त्यसैगरी भिम सार्कीले १२, बावर हायतले १७, वसन्त रेग्मीले ८, विनोद भण्डारीले ७ र प्रदीप ऐरीले २ रनको योगदान दिए।

पहिले व्याटिङ गरेको विराटनगरले ९ विकेटले गुमाएर ९३ रन बनाएको थियो। उसका लागि राजेश पुलामी मगरले १७ र महम्बद असादुल्लाह खानले १६ रन बनाए पनि अरुले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार