आईपीएल : साम करणको ह्याट्रिक, सन्दीपको टीम दिल्ली पराजित



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग ‘आईपीएल’ क्रिकेटमा नेपाली राष्ट्रिय टोलीका लिगस्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्स पराजित भएको छ ।

सोमबार भएको खेलमा दिल्ली किङ्गस इलाभेन पन्जाबसंग १४ रनले पराजित भएको हो । बिन्द्रा स्टेडियममा घरेलु टोली पन्जाबले दिएको १६७ रनको लक्ष्यसहित ब्याटिङ गरेको दिल्ली १९ ओभर २ बलमा अलआउट हुँदै १५२ रनमा समेटियो ।

दिल्लीका लागि ऋषब पन्तले सर्वाधिक ३९ तथा कोलिन इन्ग्रामले ३८ रन बनाए । यस्तै शिखर धवनले ३० तथा कप्तान श्रेयस आयर २८ रनमा आउट भए ।

दिल्लीलाई सस्तैमा समेट्न पन्जाबका साम करणले ह्याट्रिकसहित ४ विकेट लिए । जारी सिजनको यो पहिलो ह्याट्रिक विकेट हो । सामले १७ औं ओभरको अन्तिम बल र १९ औं ओभरको सुरुवाती २ बलमा विकेट लिंदै ह्याट्रिक पुरा गरे ।

सामले १७ औं ओभरको अन्तिम बलमा हर्सल पटेललाई सुन्य रनमा पेभेलियन फर्काएका थिए । त्यसपछि १९ औं ओभरको पहिलो बलमा कागीसो राबडा र दोस्रो बलमा सन्दीप लामिछानेलाई बोल्ड आउट गरे । दुवै खेलाडी सुन्य रनमा पेभेलियन फर्किए ।

यस्तै रविचन्द्र आश्विन र मोहमद सामीले २/२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभरमा ९ विकेट गुमाएर १६६ रन बनाएको थियो ।

खराब सुरुवात गरेको पन्जाबका लागि डेभिड मिल्लरले ४३ तथा सर्फराज खानले ३९ रन बनाए । यस्तै मन्दिप सिंहले अविजित २९ , साम करणले २० रन जोड्दा लोकेश राहुलले १५ रन बनाए ।

दिल्लीका क्रिस मोरिसले २ तथा कागीसो राबडा र सन्दीपले २र२ विकेट लिए । पन्जाबविरुद्ध सन्दीपले उत्कृष्ट प्रर्दशन गर्दै उनले २ विकेट लिए । सन्दीपले ४ ओभर बलिङ गर्दै २७ रन खर्चिएर २ विकेट लिए ।

पन्जाबविरुद्ध सन्दीपले आफ्नो पहिलो र चौथो ओभरमा विकेट लिन सफल भएका थिए । सन्दीपले पहिलो ओभरमा साम करणलाई २० रनमा एल्बिडब्ल्यु आउट गरे । यस्तै सन्दीपले चौथो ओभरमा सर्फराज खानलाई ३९ रनमा आउट गरेका थिए ।

जितसंगै पन्जाबले ४ खेलबाट ६ अंक जोडेको छ । र, लिगको दोस्रो स्थानमा उक्लिएको छ । पराजित दिल्ली ४ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार