fbpx

इण्डियन प्रिमियर लिग : राजस्थानद्वारा मुम्बई इण्डियन्स ४ विकेटले पराजित



नेपालबहस संवाददाता
 




एजेन्सी । राजस्थान रोयल्सले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग ‘आईपीएल’ क्रिकेटमा दोस्रो जित निकालेको छ ।

शनिबार भएको रोमान्चक खेलमा घरेलु टोली मुम्बई इण्डियन्सलाई ४ विकेटले पराजित गर्दै राजस्थानले दोस्रो जित निकालेको हो ।मुम्बईस्थित वान्खाड़े क्रिकेट स्टेडियममा मुम्बईले दिएको १८८ रनको लक्ष्य राजस्थानले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर पुरा गर्यो ।

राजस्थानको जितमा जोस बट्लरले ८९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै अजिंका रहानेले ३७ तथा संजु सामसनले ३१ रन बनाए ।मुम्बईका हार्दिक पाण्डयले ३ तथा जस्प्रित बुम्राहले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभर खेल्दै ५ विकेट गुमाएर १८७ रन बनाएको थियो ।

मुम्बईका लागि क्विनटन डी ककले ८१ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान रोहित शर्माले ४७ रन जोड्दा हार्दिक पाण्डयाले अविजित २८ रन बनाए । राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिए ।

जितसंगै राजस्थानले ७ खेलबाट ४ अंक जोडेको छ । राजस्थान लिगमा पुछारबाट दोस्रो स्थानमा छ । मुम्बई ७ खेलबाट ८ अंक जोडेर तेस्रो स्थानमा छ ।


सम्बन्धित समाचार