प्रधानमन्त्री कप क्रिकेट जेठ दोस्रो साता, ७ प्रदेश र ३ विभागीय टोली


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । प्रदेश स्तरीय प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता जेठको दोस्रो साताबाट राजधानीमा सुरु हुने भएको छ । आयोजक राष्ट्रिय खेलकुद परिषद राखेपले बिहिबार पत्रकार सम्मेलनबाट प्रतियोगिता जेठ १३ देखि २८ गते सम्म हुने जानकारी गराएको हो ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुने प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस र एपीएफ क्लब गरी १० पुरुष टोलीले प्रतिस्पर्धा गर्ने छन् । सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिने छ । लिग चरणको खेलपछि समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् ।

प्रतियोगिताको विजेताले २० लाख पुरस्कार प्राप्त गर्ने छन् । उपविजेताले १० लाख प्राप्त गर्ने छन् । यस्तै म्यान अफ दि सिरिज हुने खेलाडीले १ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सम्यानलाई समान ५० – ५० हजार प्रदान गरिने आयोजक राखेपले जनाएको छ । प्रतियोगितामा उदयमान खेलाडीले १५ हजार प्राप्त गर्दा प्रत्येक खेलको म्यान अफ दि म्याच १० हजार पाउने छन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State