एएफसी महिला यू–१६ छनोट नेपालमा


Share This


नेपालबहस संवाददाता    120 Views

काठमाडौँ,जेष्ठ १७ — अखिल नेपाल फुटबल संघ (एन्फा० ले सेप्टेम्बर १५ देखि २३ सम्म हुने एएफसी यू–१६ वुमन्स च्याम्पियनसिपको समूह ‘ई’ का छनोट खेल आयोजना गर्ने भएको छ ।नेपालले पहिलोपल्ट महिलाको उमेर समूहमा यू–१४ उमेर समूहमाथिको प्रतियोगितामा सहभागिता जनाउन लागेको हो।

एएफसीले बुधबार जारी गरेको समूह विभाजनअनुसार नेपालको समूहमा फिलिपिन्स, म्यानमार, मलेसिया र सिरिया छन्। यसैगरी बुधबारै सार्वजनिक एएफसी यू–१९ वुमन्स च्याम्पियनसिपको छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ। अक्टोबरमा हुने प्रतियोगितामा नेपालसँगै समूहमा आयोजक थाइल्यान्ड, भारत, पाकिस्तान र सिंगापुर छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार