Reecharger एपमा वल्र्डकप जर्सी १ रुपैंयामा


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ ।  विश्वकप फुटलको रौनक छाउँदै गर्दा तपाई आफुलाई मन पर्ने देशको जर्सी किन्ने सोचमा हुनुहुन्छ भने मोबाइल एप Reecharger रुपैंयामा त्यस्तो जर्सी उपलब्ध गराउने भएको छ ।

आफ्नो ब्राण्ड प्रवद्र्धनका साथै नेपाली फुटबल प्रेमिलाई ९९९ रुपैंयाको जर्सी १ रुपैंयामाउपलब्ध गराउने अफर Reecharger ले ल्याएको हो ।
विश्वकप फुटबल सुरु हुन २ साता मात्र बाँकी हुँदा  Reecharger ले ठुलो संख्याका नेपाली फुटबल पारखीलाई लक्षित गर्दै यस्तो अफर ल्याएको हो ।

यो अफर आगामिआइतबार अर्थात जुन ३ तारिखकादिनदिउँसो १२ बजेबाट सुरु हुनेछ । यो अफर Reecharger को वेबसाइटमा नभई मोबाइल एपमा मात्र लागू हुनेछ । गुगलप्ले तथाएप्पलको एप स्टोरबाट Reecharger डाउनलोड गरी एकाउण्ट खोले पछि प्रयोगकर्ताले १०० रुपैंया क्यास व्याकपाउने छन् । त्यस पछिजतिकोमोबाइल रिचार्ज गर्नु हुन्छ, त्यत्ति नै क्यास व्याकपाउनु हुन्छ । यसरी प्राप्तहुने क्यास व्याकलाई Reecharger बाट सामानखरिद गर्दा प्रयोग गर्न सकिन्छ ।

‘तपाईले ५०० क्यास व्याक सदुपयोग गरी १ रुपैंया मात्र भुक्तान गर्दा ९९९ रुपैंयाको जर्सी पाउनु हुनेछ ।’ग्लोबल कीटेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले भने । उनकाअनुसार यो अफर सिमित अवधिका लागि मात्र लागू हुनेछ ।

ग्लाइडरका अनुसार प्रत्येक एक महिनामा यस्ताअफरहरु नियमित रुपमा सञ्चालन गरिनेछ । ‘मोबाइल रिचार्ज गर्दा, सिनेमा, बस र हवाई टिकट खरिद गर्दा वा अनलाइनबाट सपिंगगर्दा तपाईले ११ वटा बैंकको इ बैंकिंग, इसेवा, आईएमई पे लगायतका गेटवेका साथै मास्टर तथाभिसाका डेविट र क्रेडिट कार्डबाट सिधै पैसा तिर्न सक्नु हुन्छ ।’ग्लोबल की टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहले भने,
‘नेपाली एप्स हामी नेपालीहरुकै लागि’भन्ने नाराका साथ सेवा सुरु गरेको Reecharger ले तथा एप्पलएप स्टोरमा गरी ४५ हजारभन्दा बढी डाउनलोड भैसकेको छ । नेपालमा चलनचल्तीमा रहेका १ हजार बढी ब्राण्डसंग सहकार्य गर्दै सुपथ मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउने Reecharger ले लिएको छ ।

होटल, रेष्टूरेण्ट, पानी, बिजुली, इन्टरनेट सेवा प्रदायकका बिलहरु पनि तिर्न सकिने तयारी गरिरहेको Reecharger बाट क्यास व्याकको सदुपयोग गरी समय र पैसाको बचत गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State