विश्वकप आउन ६ दिन बाकी, ब्राजिल सबैभन्दा बलियो


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । फुटबल प्रतियोगिताकै महाकुम्भ मानिने विश्वकप सुरु हुन अब केवल ६ दिन बाकीं रहेको छ। यस विश्वकपमा ब्राजिललाई सबैभन्दा बलियो दाबेदारका रुपमा हेरिएको छ ।ब्राजिलियन टोलीमा अग्रपंक्तिमा नेयमार, ग्याब्रियल जेसस, फिलिप कौटिन्हो, विलियन र रोबर्टो फिर्मिनो जस्ता ठूला नामहरु रहेका छन् भने डिफेन्समा थियागो सिल्भा र मार्सेलोको अनुभवले ब्राजिललाई थप बलियो बनाएको छ । ब्राजिल विश्वकप समूह ‘ई’ मा सर्बिया, स्विट्जरल्यान्ड र कोस्टा रिकासँग रहेको छ ।

रसियामा हुने विश्वकपमा ३२ राष्ट्र छन् । प्रतियोगिताको प्रत्यक समूहमा चार टोली छन् र शीर्ष २ टोली राउन्ड अफ १६ मा प्रवेश गर्नेछन्  ।यसपटक विश्वकपमा दुई टोली, आइसल्याण्ड र पानामाले पहिलोपटक सहभागिता जनाउँदै छन् । १४ जुनबाट सुरु हुने प्रतियोगितामा कुल  ६४ खेल खेलिनेछ । प्रतियोगिताको आधिकारिक बल एडिडासले उत्पादन गर्नेछ । यसपटक एडिडासले सन् १९७० को विश्वकपबाट प्रेरित टेल्स्टार १८ नामक बल प्रयोग गर्नेछ । यसबाहेक विश्वकपको मास्कोटको रुपमा जाबिभाका पनि सार्वजनिक गरिएको छ ।एजेन्सी।

 

तपाईको प्रतिक्रिया
Road Show Real State