विश्वकप फुटबल : समूह ‘ई’ बाट कोष्टारिका र सर्बियाले प्रतिस्पर्धा गर्दै


Share This


नेपालबहस संवाददाता    102 Views

काठमाडौं । रुसमा जारी विश्वकप महाकुम्भ फुटबल प्रतियोगितामा अहिले समूह ‘ई’ बाट कोष्टारिका र सर्बियाले प्रतिस्पर्धा गरिरहेका छन् ।

कोष्टारिका र सर्बियाको खेल नेपाली समय अनुसार समरा रंगशालामा पौने ६ बजे बाट शुरु भएको छ । यि दुई टिम पहिलोपटक एक आपसमा खेल्न लागेका हुन् ।दुवै टोली खेललाई आफ्नो पक्षमा पार्दै दोस्रो चरण प्रवेश गर्ने सम्भावना बलियो बनाउन चहान्छन् ।

त्यसैले यि दुई टिमबीचको खेल निकै रोमाञ्चक र प्रतिसपर्धात्मक देखिएको छ । कोस्टारिका चार वर्षअघि ब्राजिल विश्वकपमा पाएको सफलता रसिया विश्वकपमा दोहो¥याउने लक्ष्यमा छ ।

तपाईको प्रतिक्रिया