विश्वकै चौथो महंगो खेलाडी बने रोनाल्डो


Share This


नेपालबहस संवाददाता    49 Views

काठमाडौं । इटालीयन क्लब युभेन्टसमा आवद्ध क्रिस्टियानो रोनाल्डो विश्वको चौथो महङ्गो खेलाडी भएका छन्।रियल मड्रिडका स्टार रोनाल्डोलाई युभेन्टसले ९९.२ मिलियन पाउण्डमा क्लबमा भित्र्याएको हो। यो सम्झौतासँगै पोर्चुगिज स्टार रोनाल्डो इतिहासकै चौथो महंगा फुटबल खेलाडी बनेका हुन्।

बार्सिलोनाबाट नेइमारलाई तथा मोनाकोबाट किलियन एम्बाप्पेलाई भित्र्याउँदा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइनले कीर्तिमानी रकम तिरेको थियो। नेइमारका लागि २०० मिलियन पाउण्ड तथा एम्बाप्पेका लागि १६६ मिलियन पाउण्ड तिरेरे प्रान्सेली क्लब पीएसजीले क्लबमा भित्र्याएको थियो।त्यस्तै लिभरपुलबाट ब्राजिलियन मिडफिल्डर फिलिप कोटिन्होलाई बार्सिलोनाले भित्र्याउँदा १४२ मिलियन पाउण्ड तिरेको थियो।

रोनाल्डोले साताको पाँच लाख पाउण्ड पारिश्रमिक पाउने गरी युभेन्टससँग सम्झौता गरेका हुन्।३३ वर्षीय पोर्चुगिज स्टार रोनाल्डोले सन् २००८, २०१३, २०१४, २०१६ तथा २०१७ मा गरी पाँच पल्ट बलोन डी ओर अवार्ड जितेका छन् ।रियल मड्रिडका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडीसमेत रहेका उनले चार सय ५१ गोल गरेका छन्।

यस्तै चार पटक च्याम्पियन्स लिगको उपाधि जिताएका रोनाल्डोले गएको मे महिनामा पछिल्लो संस्करणको उपाधि जिताए।अब अगष्ट ४ मा रोनाल्डोको नयाँ टिम युभेन्टसले उनको पुरानो क्लब रियलसँग अमेरिकामा इन्टरनेसनल च्याम्पियन्स कपमा प्रतिस्पर्धा गर्नेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार