रोनाल्डोबिनाको पोर्चुगलले इटालीलाई हरायो, सिल्भाले गरे गोल !


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ । युइएफए नेसन्स लिगमा पोर्चुगलले इटालीलाई हराएको छ । सोमबार राती भएको खेलमा पोर्चुगलले इटालीलाई १ शुन्य गोलले हराएको हो ।

इटालीका मारियो बालोटेलीलाई बेन्चमा राख्दा क्रिष्टियानो रोनाल्डो बिनाको पोर्चुगलले सहज जित हात पारेको हो । पोर्चुगलका लागि आन्द्रे सिल्भाले गोल गरे ।

इटालीको पोष्टमा ११ वटा प्रहार गरेको पोर्चुगलका लागि सिल्भाको प्रहार गोलमा परिणत भएको थियो । खेलमा पनि पोर्चुगल इटालीमाथि हावी भएको थियो ।

तपाईको प्रतिक्रिया