फ्रेञ्च लिगमा सेन्ट इटिनमाथि पीएसजीको जित !


Share This

नेपालबहस संवाददाता    

एजेन्सी । फ्रेञ्च लिग वान अन्तर्गत साविक विजेता पेरिस सेन्ट जर्मेन पीएसजीले सेन्ट इटिनलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।

पीएसजीलाई जिताउन इडिन्सन काभानी, एञ्जेल डिमारिया, मोउसा डियाबी र जुलियन ड्राक्सलरले गोल गरे । यो खेलमा सुपरस्टार नेइमार र केलियन एम्बाप्पे खेलेका थिएनन । तर पनि पिएसजीले शानदार जित पार्यो ।

पीएसजी यस सिजन पनि फ्रेन्च लिगको शीर्ष स्थानमा छ ।

तपाईको प्रतिक्रिया